Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीनेपाली कांग्रेस क्षेत्र नं.१ मा गयो पहिरो, १४ औं महाधिवेशनमा जातियता क्षेत्रियता...

नेपाली कांग्रेस क्षेत्र नं.१ मा गयो पहिरो, १४ औं महाधिवेशनमा जातियता क्षेत्रियता गरेको भन्दै ३४ जना दलित प्रतिनिधीहरुले दिए पाटीबाटै राजिनामा

बेलडाँडी,
कञ्चनपुर क्षेत्र नं.१ नेपाली कांग्रेसमा पहिरो गएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा नगर,गाउँ अधिवेशनमा दलित प्रतिनिधीहरुलाई पन्छ्याउन खोजेको भन्दै सयुक्त रुपमा पाटीबाट राजिनामा गरेको विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

उनीहरुको आज बेलौरीमा बसेको ३४ जना क्रियाशिल सदस्यको बैठकले यस्ता पाटीमा लागेर दलित समुदायको भलो नहुने निस्कर्ष निकाल्दै बरु तटस्थ बस्ने भन्दै राजिनामा गरेका हुन् ।

भनिएको छ, पालिका स्तरिय समितिमा मुख्य पदाधिकारिमा १जना पनि दलित नअटाउनु र पुरै प्यानल विजय हुदा समेत दलित उम्मेदवार मात्रै पराजित हुनु दलित समुदायलाई षड्यन्त्र र अपमान भएको कुरा प्रति हामी दलित क्रियाशिल सदस्यहरुको गम्भिर आपत्ति भएको जनाइएको छ ।
पुरा प्रतिवेदन सहित 

ताजा समाचार