Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीन्यू खप्तड युवा समाजको अध्यक्षमा बिष्ट

न्यू खप्तड युवा समाजको अध्यक्षमा बिष्ट

बेलडाँडी,

बिहिवार बेलडाँडी गाउँपालिका वडा नं. ३ मा न्यू खप्तड युवा समाज को अध्यक्षमा नरेन्द्र विष्ट चयन भएका छन् । भने उपाध्यक्षमा मिनेस विष्ट, सचिव मिलन कुवर र कोषाध्यक्ष राजेन्द्र कोइराला चयन भएका छन्। त्यस्तै सदस्यमा सुरेन्द्र गिरी, रमेश राना, दिलेन्द्र सिंह चयन भएका छन्। र ६ जना उक्त समितिले कार्यदक्षता र भूगोल लाई मध्य गर्दै मनोनित गर्ने भएको छ।

निकै लामो समय देखि आधिकारिक क्लब विहिन भएको व डा न ३ मा अहिले युवाहरुको सक्रियतामा युवाहरुलाई मध्यनजर गर्दै युवाहरुको बाहुल्यता रहने गरी क्लब गठन गरिएको छ।
बेलडाँडी गाउँपालिका को व डा न ३ खेलाडी उत्पादन को भट्टी अर्थात् उर्वर भूमिको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। राष्टिय तथा अन्तराष्टिय स्तरका खेलाडी उत्पादन गरेको तथ्य कसैको सामु छिपेको छैन।
तर पछिल्लो समय व डा न ३ मा दर्ता क्लब अर्थात् आधिकारिक क्लब नहुँदा खेलकुद का कार्यक्रम मा धक्का समेत पुगेको छ। विभिन्न ठाउँ मा सञ्चालन हुने प्रतियोगिता मा सहभागी हुन बाट वञ्चित हुनु परेको तीतो यथार्थ छ ।
अब न्यू खप्तड युवा समाज लाई नया अनुहार ले नया शिराँ , नयाँ गति का साथ अगाडि बढाउँदै क्लब लाई युवामुखी र युवामय बनाउने अध्यक्ष विष्ट ले बताउनु भयो।
र न्यू खप्तड लाई यस क्षेत्र कै एक उदारणिय र नमुना क्लब बनाउन आफूहरु निस्वार्थ भएर लाग्ने क्लब का सचिव मिलन कुवर र कोषाध्यक्ष राजेन्द्र कोइराला ले बताउनु भएको छ।
यस ठाउँमा खेलाडी हरुको समस्या लाई मध्यनजर गर्दै खेलकुद क्षेत्र , समाज परिवर्तन र समाज रुपान्तरण मा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले क्लव गठन गरिएको न्यू खप्तड का सदस्य सुरेन्द्र गिरी ले जानकारी गराउनु भयो।
यस क्लब लाई देश तथा विदेश रहनु हुने सम्पूर्ण सहयोगी मन हरुले साथ सहयोग गर्ने विश्वास पनि गरिएको छ ।

ताजा समाचार