Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीचाडपर्वको बेला हुन सक्ने भिडलाई ध्यान दिदै बेलडाँडीमा प्रहरीद्वारा तपाईको मास्क खै...

चाडपर्वको बेला हुन सक्ने भिडलाई ध्यान दिदै बेलडाँडीमा प्रहरीद्वारा तपाईको मास्क खै अभियान संचालन

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा प्रहरीद्धारा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै तपाईको मास्क खै अभियान संचालन गरिएको छ ।

चाडपर्वको बेला कोरोना भाइरस कोभिड १९को संक्रमण बढ्न सक्ने भन्दै यसबाट बच्नका लागि सबैलाई सचेत गराउदै आज देखि तपाईको मास्क खै अभियान संचालन गरेको बेलडाँडी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी गराउनु भयो । उहाँका अनुसार नजिकिदै गरेको चाडपर्वका बेला भिडहुन सक्ने र संक्रमण फैलिन सक्ने भन्दै यसलाई नियन्त्रण गर्नका लागि मास्क खै अभियान संचालन गरिएको बताए । चाडपर्व मनाउने बेला स्वास्थ्य मापदण्ड अपनाउन नर्बिसिउन भन्ने उदेश्यले यो अभियान चलाएको जनाए ।

शुक्रवार विहान बेलडाँडीको मुख्य प्रवेशद्धार क्याम्पमा यात्रु, स्थानीय, अटोचालकहरु लगायतलाई मास्क वितरण गर्नुहुदै निरीक्षक कठायतले भने यस कार्यक्रमलाई सफल बनाउन सबैले आ आफ्नो क्षेत्रदेखि लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागि वडा नं.२ का अध्यक्ष प्रेमराज खातीले भने कोरोना अझै रहिरहेकाले यसलाई नियन्त्रण गर्नका लागि सबैले सार्वजनिक ठाउँमा जाने बेला अनिर्वाय मास्क लगाउनु पर्नेमा जोड दिए । उहाँले भने चाडपर्व मनाउने क्रममा सबैले स्वास्थ्य मापदण्ड अपनाएर मात्र पर्व मनाउनु पर्नेमा जोड दिए । सके सम्म भिडभाड नगरेकै राम्रो भन्दै सबैले सचेत हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा बेलडाँडीका जनप्रतिनिधी, व्यापारी, यात्रु, सवारी चालक स्थानिय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले उक्र गरिएको कार्यक्रम व्यावहारमा उर्ताने जनाएका छन् ।

ताजा समाचार