बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी ईलाका प्रहरी कार्यालयद्धारा बेलडाँडीको मुख्य प्रवेशद्धार क्याम्पमा यात्रु सहायता डेस्क स्थापना गरेको छ ।

आज शुक्रवार बिहान एक कार्यक्रमको आयोजना गर्दै उक्त डेस्क राखिएको बेलडाँडी प्रहरी प्रमुख निरीक्षक रविन्द्र कठायतले जानकारी गराउनु भयो । उहाँका अनुसार यात्राका क्रममा पर्नसक्ने कठिनाइलाई मध्यनगर गर्दै २४ सै घण्टा प्रहरी सहायता कक्षमा रहने जानकारी गराउनु भयो । चाडपर्वको बेला भिड हुन भएकाले सवारी साधन बढ्न सक्ने भएकाले तोकेको भाडादर भन्दा बढी कसैले असुल गर्न सक्ने प्रति समेत यस प्रहरी सहायता डेस्कले सचेत गराउने बताए ।
यात्रुहरु बढी भिडका कारण अलमल पर्न सक्ने हुदा यस्ताहरुलाई सहि गन्तब्य पुर्याउन प्रहरीको महत्वपुर्ण भुमिका समेत रहेकाले यस डेस्कको स्थापना गरिएको हो ।
हेल्प डेस्क स्थापना गरेपछि स्थानियहरु हर्षित भएका छन् । स्यानियहरुका अनुसार वितमा यस्ता दोब्बर भाडा असुल गर्ने कार्य भएकाले अव यस्ता कार्य नहुनेमा ढुक्क भइने बताए ।
प्रहरीले यात्रु सहायता डेस्कको व्यानमार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कन्ट्रोलको नं. १०० र ईलाका प्रहरी कार्यालय बेलडाँडीको सम्पर्क नं. ९८५८७९०४०७ मा आपत या कुनै सूचना भए तुरुन्त जानकारी गराउन नम्वर राखेको छ ।