Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीअखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भदौ १६ गते सकिनेछ ।

अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसअघि थोरै प्रतिनिधिको सहभागिता हुन लागेको हो । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि नै जिल्ला, क्याम्पस समिति लगायतको अधिवेशन सम्पन्न भइसकेको छ भने सम्मेलनको सबै तयारी पूरा भइसकेको छ।

सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।

ताजा समाचार