Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियु कञ्चनपुरमा संगठन विस्तार गर्दै

अनेरास्ववियु कञ्चनपुरमा संगठन विस्तार गर्दै

कञ्चनपुर,

नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरमा संगठन विस्तार गरिरहेको छ । अनेरास्ववियुले जिल्लाका क्याम्पस, तथा सामुदायिक विद्यालयमा संगठन विस्तार गरिरहेको हो । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले सगठन विस्तार कार्य तिव्रताका अघि बढिरहेको बताए । उनका अनुसार शुक्लाफाँटा नगरपालिका क्षेत्रका कृष्ण बैजनाथ बहुुमुखी क्याम्पसमा कृष्णराज जोशी, सिद्धनाथ माविमा पवन धामी, राष्ट्रिय मावि मोहित ओड, कृष्ण मावि बिरेन्द्र राज जोशी नेतृत्वमा अनेरास्ववियुको इकाई कमिटि विस्तार गरिएको छ । जिल्लाभरी अनेरास्ववियु गठन गरेर संगठनलाई चुस्त दुरुस्त बनाउने अध्यक्ष रोकायाको भनाई छ । 

ताजा समाचार