Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीझण्डै करोडको लगानीमा टेष्ट अफ नेपाल होटल सञ्चालनमा

झण्डै करोडको लगानीमा टेष्ट अफ नेपाल होटल सञ्चालनमा

कञ्चनपुर,

पछिल्लो समय यहाँ ठूलो लगानीमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–४ स्थित वडा पहिरी कार्यालय नजिकै खानाको पारखीहरुको लागी टेष्ट अफ नेपाल खुलेको छ ।
लगभग एक करोडको लागतमा खुलेको टेष्ट अफ नेपाल यहाँका स्थिानीय मध्यम वर्ग देखि लिएर उच्च वर्ग सम्म स्वादका पारखीहरुको लागि सबै आइटम इण्डियन, इटलीयन, जापनिज, चाइनिज, लगायत विभिन्न स्वादका खाने आइटम एकै स्थानमा पाइने भएको छ । होम डेलीभरीको व्यवस्था सम्म रहेको छ ।
होटलमा १० देखि १५ जनासम्मले रोजगारी पाएका छन् । होटल व्यवसायका सञ्चालक कानु चरन सेट्टीले ग्राहकलाई लक्षित गरी नेपाली, ईन्डियन, चाईनिज, इटालियन, बर्गर, पिज्जा लगायतका परिकार सहित उच्च सुविधा सहितको नयाँ होटल सञ्चालनमा ल्याएको बताए । कानु चरन सेट्टी र नरेन्द्र नाथको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।

ताजा समाचार