Saturday, January 28, 2023
गृहपृष्ठजिवनशैलीसमाजवादी विद्यार्थी निकट अनेरास्ववियू संगठन विस्तारमा गणेश माविको अध्यक्षमा बोहरा

समाजवादी विद्यार्थी निकट अनेरास्ववियू संगठन विस्तारमा गणेश माविको अध्यक्षमा बोहरा

कञ्चनपुर,
नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू संगठन विस्तारमा जुटेको छ । बुधबार समाजवादी निकट अनेरास्ववियूले बेलडाँडीको गणेश माविमा संगठन विस्तार गरेको हो । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले गणेश माविमामा रमिता बोहराको संयोजकत्वमा ९७सदस्यीय अनेरास्ववियू इकाई कमिटि विस्तार गरिएको बताए । बरिष्ठ उपाध्यक्ष मोहन बुढा, उपाध्यक्ष आनन्द खडका, भीम बुढा, मनोज सुनार, पारस चन्द, सह सचिव पुष्पा चन्द, सरस्वती राना र कोषाध्यक्ष बबिता महरा चयन भएका छन । अनेरास्ववियू कञ्चनपुरका सह संयोजक प्रज्वल कुँवरले संचालन गरेको कार्यक्रममा अनेरास्ववियू कञ्चनपुरका पुर्व अध्यक्ष आनन्द पन्त, युवाका संयोजक हरिस पन्त, सह संयोजक दिपेन्द्र धामी, अनेरास्ववियूका हिमेश थापा, मनोज चन्द, सबिता पौडेल सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार