Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनिःशुल्क डिजिटल मार्केटिङ्ग तालिम

निःशुल्क डिजिटल मार्केटिङ्ग तालिम

कञ्चनपुर,
कञ्चनपुरको साक डिजिटल युनिभरसिटीले निःशुल्क डिजिटल मार्केटिङ्ग तालिम संचालन गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको साक डिजिटल यूनिभरसिटीले निःशुल्क तालिम संचालन गरेको हो । भीमदत्त नगरपालिका संगको सहकार्यमा नगर क्षेत्रका युवा, युवतीका लागि डिजिटल मार्केटिङ्ग तालिम संचालन गरेको जनाएको छ ।
साक डिजिटल युनिभरसिटीका प्रबन्ध निर्देशक गणेश दत्त जोशीले सुदूरपश्चिमलाई डिजिटल हव बनाउने उदेश्यले युनिभरसिटीले पालिकासगको सहकार्यमा तालिम सचालन गरेको बताए । आधुनिक प्रविधिसंगै डिजिटलको समेत आवश्यकता परेकाले युवा युवतीलाई सो तालिम दिन लागेको उनले बताए । ‘यो तालिम लिएसंगै थुप्रै बेरोजगारले काम पाउँनेछन, ‘उनले भने, ‘आधारभूत कोर्स नै ४५ दिनको हुन्छ ।’ डिभिजन मार्केटिङ्ग गर्न सिकाउने बताउदै उनले सुदूरपश्चिमलाई डिजिटल अभियानका रुपमा अघि बढाउने बताए । आधुनिकतासंगै डिजिटल माध्यमबाट दैनिक कार्यदेखि व्यवसायीक एव प्रशासनिक काम अघि बढाउने बताए ।

ताजा समाचार