Monday, September 26, 2022
गृहपृष्ठदैनिक गतिविधी५ बर्षिय वालक मृत अवस्थामा भेटिए

५ बर्षिय वालक मृत अवस्थामा भेटिए

दोधाराचाँदनी नगरपालिका– ७ मा एक ५ बर्षिय बालक मृत फेला परेका छन् । मामाको घरमा बस्दै आएका उनि सनिवार बेलुकादेखि वेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्दराज न्यौपानेका अनुसार ५ बर्षिय सुुशान्त बुढा मृत फेला परेका हुन । शव मामाको घरदेखि दुई सय मिटर पर रहेको खल्लामा भेटिएको उनले बताए ।

सनिवार बेलुका ४ बजे उनि घरबाट निस्किएका थिए । बुलुका अबेरसम्म घर नआएपछि उनको खोजबिन शुरु गरिएको थियो । स्थानियले आईतवार दिनभर पनि खोजविन जारी राखेका थिए ।

मृतक सुशान्तका बुवा चन्द्रबहादुर बुढा भारतमा रोजगारी गर्छन् । उनि आफ्ना आमा चन्द्रकलासंग मावाली घरमा बस्दै आएका थिए ।

घट्ना स्थलमा जिल्ला प्रहरी कार्यालका एसपि उमा चर्तुवेदी पनि पुगेका छन् । घट्नाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । ‘भवितब्य हो की अन्य केही हो हामीले छानविन गर्छौ’ डिएसपी न्यौपानेले भने ।

ताजा समाचार