महेन्द्रनगर,
सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको चालु शैक्षिक सत्र देखि संचालनमा आएको बहुप्रतिक्षित एमबिएस शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायले आयोजना गरेको उक्त कार्यक्रम केन्द्रीय क्याम्पस व्यवस्थापन केन्द्रीय विभाग र कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीमा एमबिए शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाई कार्यक्रम संचालन, व्यवस्थापन र मूल्याङ्कन प्रणाली सम्बन्धमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले बताए ।
व्यवस्थापन संकायका डीन प्रां.डा. पदमराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा।डा। हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्रां.डा. भवानी चन्द ठकुरी, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा।डा मुकुन्दवल्लभ कलौनी, हरिशंकर पन्त, डा. राजेन्द्रबीर चन्द, डा.गोविन्दराज जोशी , शंकरदत्त भट्ट र मनिष ओझा लगायतले मन्तव्य राखेको कार्यक्रम गम्बीर बहादुर चन्दले संचालन गरेको थिए ।
कञ्चनपुरका प्रतिष्ठित व्यापारी एवं कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले उद्मशीलता र व्यवसायीकताबारे विद्यार्थीहरूलाई प्रोत्साहित गर्न निजको उद्योगमा उत्पादित डिटरजेण्ट पाउडर र लुगाधुने साबुन उपार स्वरूप सबै विद्यार्थीहरूलाई प्रदन गरेका थिए ।