Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका चालक सिंह ट्राफिक कार्यालय कञ्चनपुरद्धारा सम्मानित

बेलडाँडीका चालक सिंह ट्राफिक कार्यालय कञ्चनपुरद्धारा सम्मानित

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.१ लक्ष्मीटोलका सवारी चालक रमेश बहादुर सिंह सम्मानित हुनु भएको छ ।
बिगत लामो समय देखि सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरी ट्राफिक नियमहरुको पूर्ण पालना गरी यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्य स्थानमा पुर्याई सवारी दुर्घटना न्युनिकरण कार्यमा गर्नुभएको अमूल्य योगदानको मुल्याङकन गर्दै ट्राफिक कार्यालय कञ्चनपुरले प्रशंसा पत्र दिदै सम्मान गरेको छ ।

गत विहिवार एक कार्यक्रमका विच उहाँलाई सम्मान गरिएको थियो । यसरी लामो समयदेखि सवारी चालकको रुपमा परिचित सिंह सम्मानित हुदा गर्भगरेको बताए । उहाँले भने यसरी समेत आफुहरुको मुल्याङकन भएको भन्दै खुसी व्यक्त गर्नु भयो । प्रशंसा पत्रमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी उपरीक्षक बामदेव गौतम सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया र केशव राज भट्ट जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको हस्ताक्षर रहेको छ ।

ताजा समाचार