Friday, September 30, 2022
गृहपृष्ठअन्यदिपज्योतीको १० अाैं वार्षिक साधारण सभाबाट जेष्ठ तथा एकल महिला सम्मानित

दिपज्योतीको १० अाैं वार्षिक साधारण सभाबाट जेष्ठ तथा एकल महिला सम्मानित

 बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं २ मा रहेको दिपज्योती समूहले अाफ्नो १०अाैं वार्षिक साधारण सभामा अपाङ्ग जेष्ठ नागरिक, एकल महिला, बाल क्लब र युवा क्लबलाई सम्मान गरेको छ ।

प्यारालाइसेस भई कष्टकर जीवन बिताईरहेका बेलडाँडी २ का जेष्ट नागरिक उज्वल राना क्षेत्रीले समूहका लागि पुर्याएको योगदानको कदर गर्दै थप हाैसला पुगोस् भन्ने उदेश्यका साथ सम्मान गरिएको समुहकी अध्यक्ष रोशना थापा मगरले जानकारी गराउनु भयो ।

यसै गरी सोही वडाका १०जना एकल महिला तथा बाल क्लब, युवा क्लबहरूले समूहलाई पुर्याएको योगदानको कदर गर्दै दोसल्ला तथा प्रमाण-पत्रले सम्मान गरेको जनाए । सम्मान हुनेहरूले समूहले अाफुहरूको सहि मुल्यांकन गरेको ठहरगर्दै अाभार ब्यक्त गरेका छन् । यसरी अागामी दिनमा समेत बिशेश व्याक्तित्वहरूलाइ सम्मान गरिने संस्थाले जनाएको छ ।अाज एक कार्यक्रमका विच भब्यताका साथ सधारण सभा सम्पन्न गरेको छ ।

ताजा समाचार