Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीदिपज्योती समूहको १०औं वार्षिक साधारण सभा सम्पन्न

दिपज्योती समूहको १०औं वार्षिक साधारण सभा सम्पन्न

बेलडाँडी,
समुदायमा आधारित कार्यसंजाल संस्था कञ्चन सामुदायिक विकास केन्द्र संग आवद्ध सामुदायिक समूह दिपज्योती समूहको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहकी उपाध्यक्ष मञ्जु रानाक्षेत्रीले कार्यक्रममा स्वागत मनतब्य राख्दै कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउनु भयो । उहाँले भने ९ जनाको मुल समिति अन्र्तगत चार वटा खाता संचालन गरेको जनाए । जसमा बाल बचत, महिला बचत, आमा समुह र दिपज्योती बचत रहेको छ ।

यस समुदायमा आधारित समूहले हाल सम्म २४ लाख बचत, २१ लाख वराबर लगानी देखाउदै आफ्नो बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा मात्र यस समूहले १ लाख ५ हजार मुनाफा गरेको समूहकी कोषाध्यक्ष गिता रानाक्षेत्रीले प्रतिवेदन मार्फत जानकारी गराउनु भयो । उहाँका अनुसार १० बर्ष पहिला ४० सदस्यहरुबाट संचालन भएको दिपज्योती अहिले १५४ जना कृयाशिल सदस्य रहेको बताए । खास गरेर यस समूहले कृषि, व्यापार र बैदेशिक रोजगारीमा बढी लगानी गर्ने गरेको छ ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले भने यो समूह बेलडाँडीकै नमुना समूह भएको बताए । यसले कुनै कसै बाट श्रृण नलिइ यत्रो कारोवार गर्न लागेको भन्दै बधाइ तथा शुभकाना दिनु भयो । कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोगटीले भने हामीलाई सहकर्मी समाजले मार्ग देखाउने काम गर्यो हामी त्यसै अनुसार बचन गर्नुका साथै स्थानीय सरकार संगको साझेदारीका विभिन्न सामाजिक कार्य गर्दै गरेको बताए । यस्ता कञ्चन सामुदायीक विकास केन्द्र मातहत २७ वटा समुह रहेको भन्दै यसको संरक्षण र प्रवद्धन कसैबाट नभएको दुखेसो समेत सुनाए ।

यस्तै सहकर्मी समाजका प्रतिनिधी शेर बहादुर खत्रीले भने समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्र मनाफा रहित संस्था भएको बताउदै यसको संरक्षणमा स्थानीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । यस मातहतका २७ वटा समूहहरु आर्थिक रुपमा विपन्न भएका व्याक्तिहरुलाई माथी उकास्ने उदेश्यका साथ लागेकाले यसमा स्थानिय सरकारले समेत चासो दिनुपर्नेमा जोड दिनु भयो ।

यस्तै वडा नं. २ का अध्यक्ष प्रेमराज खातीले भने निस्वार्थ भावका साथ समुदायमा काम गर्ने संस्था कञ्चन सामुदायिक विकास केन्द्रमाथतका समूहरुले राम्रो काम गरेको देखिदा समेत आफुहरुबाट कुनै सहयोग गर्न नसकिएको बताए । कहि कतै आफुहरुबाट हुने सहयोग गर्ने बताए ।

प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने यस्ता समूहहरुले समूदायमा धेरै फाइदा गरेको जनाए । सानो बचतले ठुलो फाइदा हुने भन्दै सबैलाई समूहमा आवद्ध भइ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमका संचालक तथा समूहका सचिव विमल थापाले भने समूहका सम्पुर्णको सहयोगमा आज यस समूहलाई यहाँ सम्म पुर्याउन सफल भएको बताए । यसलाई अझ बृहत तरिकाको बनाउने आफुहरुको योजना रहेको जनाए । समूकी अध्यक्ष तथा कार्यक्रमका सभापति रोशना थापा मगरले भनिन् आफुहरुको निम्तोलाई स्वीकार गरेर पाल्नुहुने सबै प्रति आभार प्रकट गरे । यसरी सबै सदस्यहरुको सहयोगले यो समूह आज ठुलो संस्था बराबर पुग्न थालेको जनाए । आगामी दिनमा यसलाई अझ चुस्तदुरुस्त तरिकाले अगाडी बढाउने योजना रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार