Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस बेलडाँडीको सभापतिमा विष्ट निर्वाचित

काँग्रेस बेलडाँडीको सभापतिमा विष्ट निर्वाचित

बेलडाँडी,
नेपाली काँग्रेस बेलडाँडी गाँउपालिकाको सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन । शनिबार सम्पन्न भएको निर्वाचनमा विष्टले आफ्ना निकटतम प्रतिस्पधर्मी पृत बहादुर विष्टलाई ८मतको अन्तरले हराउँदै बेलडाँडी काँग्रेस सभापतिमा चयन भएका हुन । गज बहादुर विष्टले ४५ र पृत बहादुर विष्टले ३७ मत ल्याएका थिए । निर्वाचित विष्ट संस्थापन दिवान विष्ट नजिकका नेता हुन । भने पराजित अर्का उम्मेदवार पृत बहादुर विष्ट संस्थापन भएपनि अहिले लेखक पक्षबाट साथ सर्मथन पाएका थिए । सभापतिका उम्मेदवार विष्टद्वय बाजेनाती हुन । प्यान फरक भएकाले उनीहरु चुनावी मैदानमा होमिएका थिए ।
कञ्चनपुरको बेलडाँडीमा समेत दिवान सिह विष्ट पक्षले खाता खोलेका छन । उप सभापतिमा टिका सिह खडका ४३, ठगन राना ४०, सचिवमा धन बहादुर रोकाया निर्वाचित भएका छन । उनले सबैभन्दा बढि ४२ मत ल्याएका छन । दोस्रो सचिवमा कुलैराज उपाध्याय निर्वाचित भएका भएका छन । कुलैराज उपाध्याय र सचिन कठायतले बराबर ३८ मत ल्याएका हुन । कठायत र उपाध्याय साथिभाई हुन । कठायत एनपी साउद पक्ष र उपाध्याय दिवान विष्ट पक्षबाट चुनावमा होमिएका थिए । सचिवमा देशुराम चौधरी ३८, नरेश सिह धामी ३७मत ल्याएका थिए । काँग्रेस बेलडाँडीको सभापतिमा निर्वाचित भएका जग बहादुर विष्टले पार्टीलाई एक ढिक्का बनाएर भावि निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउने योजना रहेको बताए ।

ताजा समाचार