Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनेपाली कांग्रेसको १४औं महाधिवेशन ः बेलडाँडी नेतृत्वका लागि बाजे नाती भिड्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन ः बेलडाँडी नेतृत्वका लागि बाजे नाती भिड्दै

बेलडाँडी,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन बेलडाँडी गाउँ सभापतिका लागि बाजे नाती विच चुनावी प्रतिशप्रधा हुदै छ । बाजे पृत बहादुर बिष्टले आफ्नो प्यानल खडा गरेर चुवनामा होम्मीएका छन् भने उनकै नाती युवा नेता गज बहादुर बिष्टले समेत आफ्नो प्यानल खडागरी चुनावी मैदानमा होमिएको जानकारी गराएका छन् ।

दुबै पक्ष बलियो देखिन्छन् । बाजे प्यानलबाट पुर्णा नन्द भट्ट र डम्मरलाल राना उप-सभापति, धन बहादुर रोकाया र सचिन कठायत सचिव, नरेश सिंह धामी र बसन्त रोकाया सह-सचिवपदको उमेदावारी दिएका छन् भने नाती प्यानलबाट ठग्गन राना र टिका सिंह खडका उप-सभापति, कुलैराज उपाध्याय र रमेश चनारा सचिव, भुवन पण्डित र देसुराम चौधरी सह-सचिवमा उमेदावार रहेका छन् ।

बेलडाँडीको क्याम्प सिचाईघर क्षेत्रमा चुनाव हुदै छ । विहान १० बजे सम्म उम्मेदवारी दार्ताको समय समाप्तिमा दुबै पक्षले मेजर पदका लागि उमेदवार तयार पारेर चुनावको प्रखाईमा बसेको नेपाली कांग्रेस बेलडाँडीले जनाएको छ । बेलडाँडीमा कुल ८५ मतदाता रहेका छन् ।

ताजा समाचार