Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीनेकपा एमाले बेलडाँडीको बृहत कार्यकर्ता भेला शुरु, जिल्ला अध्यक्ष थापाले सम्वोधन गर्दै

नेकपा एमाले बेलडाँडीको बृहत कार्यकर्ता भेला शुरु, जिल्ला अध्यक्ष थापाले सम्वोधन गर्दै

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँकमिटिको आयोजनामा आज बेलडाँडीमा बृहत कार्यकर्ता भेला गरिएको छ ।
भेलालाई नेकपा एमालेका जिल्ला अध्यक्ष विर बहादुर थापाले सम्वोधन गर्दै हुनुहुन्छ । कार्यक्रम भर्खरै शुरु भएको बेलडाँडीका युवा नेता तथा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य शंकर भट्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पाटीको केन्द्रिय बैठक भएकाले केन्द्रिय नेता आउन नसकेको बताउदै “यो परमादेश सरकारले जनहितका विरुद्ध, राष्ट्रिय हितका विरुद्ध र लोकतन्त्रका विरुद्ध निर्णयहरु गरेर आफ्नो परिचय दिन सुरु गरेको बताउदै दल विभाजन सम्बन्धी अध्यादेश मार्फत् यसले मुलुकका पार्टीहरुलाई विभाजित गर्ने र राजनीतिमा विकृति भित्र्याउने काम सुरु गरेर आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको लगायत समसामयिक विषमा छलफल हुने बताए।”

केहि समयमा नेकपा एमालेका जिल्ला अध्यक्ष विर बहादुर थापा पातलले कार्यक्रमलाई सम्वोधन गर्ने कार्य रहेको छ । पातल नेकपा फुटको बेला एमालेमा बस्दै आएका हुन ।

ताजा समाचार