Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.१ को सबै टोलमा नेट फाइवर पुर्याइदै, कनेक्ट नेपालको सहुलियतमा...

बेलडाँडी वडा नं.१ को सबै टोलमा नेट फाइवर पुर्याइदै, कनेक्ट नेपालको सहुलियतमा नेट जडान

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको वडा नं.१ को सबै टोलमा कनेक्ट नेपालले आफ्नो फाइवरलाइन पुर्याएको छ ।
बेलडाँडी गाउँपालिका वडाकार्यालयको आर्थिक साझेदारीमा कनेक्ट नेपालले टोलटोलमा फाइवर लाइन पुर्याएको छ । वडा कार्यालय र कनेक्ट नेपालको साझेदारीमा उक्त वडाका सबैटोलमा लाइन पुर्याइ जडान गर्न चाहने ग्रहाकले चलेको भन्दा सस्तो दरमा नेट जडान गर्न सकिने वडा कार्यालले जनाएको छ ।

वडा नं.१ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले वडाबासीहरुलाई इन्टरनेटको पहुचमा पुर्याउनका लागि वडाको ३ लाख ६ हजारमा रकम फाइवर विछाउन र ग्राहकले जडान गर्न चाहे अव ४हजार मात्र दिएर जाडन गर्न सकिने बताए । उहाँका अनुसार यो जमानामा पढाइ समेत अनलाइन माध्यमबाट हुने भएकाले सजिलोका लागि वडा कार्यालयले उक्त कम्पनी कनेक्ट नेपाल संग सम्झौता गरि नेट जडान गर्न लागेको बताए ।

कनेक्ट नेपालका बेलडाँडी प्रतिनिधी लोकेन्द्र हमालले भने हामीले वडा कार्यालय संग गरेको सम्झौता अनुसार वडा भित्र जसले नेट जडान गर्न चायो वडा कार्यालयको सिफारिस अनुसार जडान गर्न लागेको बताए । अहिले सम्म हामीले उक्त वडामा ५० ठाउँमा नेट जडान गरेका छौ, ७५ जना जतिको निवेदन गाउँपालिकामा आएको छ त्यस अनुसार जडान गरिदिने बताए ।

 

ताजा समाचार