Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी ५ का अध्यक्ष लगायत राष्ट्र सेवकद्धारा सरसफाइका कार्यक्रम निरन्तर

बेलडाँडी ५ का अध्यक्ष लगायत राष्ट्र सेवकद्धारा सरसफाइका कार्यक्रम निरन्तर

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ की कार्यवाहक अध्यक्ष लगायतका राष्ट्रसेवहरुद्धारा निरन्तर वडामा सरसफाइका कार्यहरु चालेका छन् । कार्यवहाक अध्यक्ष कमला देवी ओखेडाको पहलमा आफ्नो वडाका सबै सामाजिक क्षेत्रमा सरसरफाईका कार्यक्रम गर्न लागेको बताए । उहाँका अनुसरा सरसफाइ संगै सडकमा बाध्ने पशुचौपाया, सडक अवरुद्धहुने गरि राखिएका दाउरा, घर निर्माण सामग्रीहरु हटाउने कार्य संगै सडक सफा गर्ने कार्य गरेको बताईन ।

जनचेतना नभएका कारण सडक क्षेत्रमा पशुचौपाया बाध्ने चलन रहेकाले वहाँहरुलाई सम्झाई बुझाई चौपाया सडकमा नबाध्ने वातारण मिलाएको जनाइन । आफुहरुको टिमलाई प्रहरी, सशस्त्र प्रहरी, गाउँघरका समुह, समाजसेवीहरुले निकै हौसलाका साथै साथ दिइरहेको जनाईन ।

उनले खाली विहानको समयमा यस्तो सरसफाईको कार्यक्रम राख्ने गरेको र अरु टाइम अफिसलाई दिने गरेको जनाउदै जनताले दिएको जनमदको कदर आफुले गरिराख्ने बताउनु भयो । 

ताजा समाचार