Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनेकपा एमाले बेलडाँडीले ८ गते बृहत कार्यकर्ता भेला गर्दै

नेकपा एमाले बेलडाँडीले ८ गते बृहत कार्यकर्ता भेला गर्दै

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँकमिटको आयोजनामा यसै ८ गते बृहत् कार्यकर्ता भेला हुने भएको छ ।
गाउँ कमिटिले गर्ने बृहत् कार्यकर्ता भेलाको पुर्व तयारी पुरा भएको बेलडाँडी एमालेले जनाएको छ । बेलडाडीका युवा नेता गाउँ कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शंकर भट्टले भने “यो परमादेश सरकारले जनहितका विरुद्ध, राष्ट्रिय हितका विरुद्ध र लोकतन्त्रका विरुद्ध निर्णयहरु गरेर आफ्नो परिचय दिन सुरु गरेको बताउदै दल विभाजन सम्बन्धी अध्यादेशमार्फत् यसले मुलुकका पार्टीहरुलाई विभाजित गर्ने र राजनीतिमा विकृति भित्र्याउने काम सुरु गरेर आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ बताए ।”

भूमिसम्बन्धी आयोग विघटन गरेर यसले मुलुकका लाखौं भूमिहीन र सुकुम्बासीका छातीमा बुट प्रहार गर्ने र जनविरोधी वर्गचरित्र स्पष्ट पारेको जनाउदै सबै एमाले शुभचिन्तकहरुलाई यस विषयमा जागरुक गराउन बेलडाँडीमा बृहत कार्यकता भेला गर्ने तयारी गरेको बताए । आउदो कार्तिक ६ गते वडा अधिवेशन र ९ गते गाउँ अधिवेशनको तयारी समेत रहेको छ ।

उक्त भेलालाई सम्वोधन गर्न केन्द्र स्तरका नेता आउने जाइएको छ । बेलडाँडी गाउँपालिका वडा नं.२ को क्याम्प सिचाई घर नजिक हुने भेलामा धेरै भन्दा धेरै कार्यकताको उपस्थित गराइने भएको छ ।

 

ताजा समाचार