Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा नेपाली सेनामा भर्ना सम्वन्धि जानकारी मुलक कार्यक्रम गरिने

बेलडाँडीमा नेपाली सेनामा भर्ना सम्वन्धि जानकारी मुलक कार्यक्रम गरिने

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिमा नेपाली सेनाले सेनामा भर्ना सम्वन्धि जानकारी मुलक कार्यक्रम गर्ने भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ ले आज एक सूचना प्रकाशित गर्दै बेलडाँडी क्षेत्रका सेनामा भर्नाहुन चाहने युवायुवतीहरुका लागि भर्ना प्रकृया सम्वन्धि जानकारी गराईने उल्लेख गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नं. २ का अध्यक्ष प्रेमराज खातीका अनुसार धेरै जसो युवायुवतीहरु प्रकृया नपुरे फर्केको धेरै भएकाले भर्नाहुदाका बेसिक कुराहरुको बारेमा सेनाद्धारा जानकारी गराइदिने बताउनु भयो । उहाँका अनुसार श्री देवीदल गण मझगाउँ व्यारेकको समन्वयमा उक्त कार्यक्रम गरिने जनाए । इच्छुक युवाहरुले असोज ११ गते १० बजेको समयमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा भेला हुन आग्रह गर्नु भयो ।

ताजा समाचार