Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी युवा शाहद्वारा विद्यार्थी नेता र पत्रकारलाई सम्मान

बेलडाँडी युवा शाहद्वारा विद्यार्थी नेता र पत्रकारलाई सम्मान

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडीका स्थानीय एव युवा उद्यमी मिन बहादुर शाहले विद्यार्थी नेता र पत्रकारलाई सम्मान गरेका छन ।
बेलडाँडी घर भएका विभिन्न विद्यार्थी संघ संगठनमा नेतृत्व पदाधिकारीमा रहेका विद्यार्थी नेता र पत्रकारलाई सम्मान गरेका हुन ।
शुक्रबार विश्वकर्मा पुजाका अवसरमा शाहले महेन्द्रनगरमा संचालन गरेको आफ्नै प्रतिभा ग्रिल उद्योगमै बोलाएर तीन विद्यार्थी नेता र एक पत्रकारलाई सम्मान गरेको हो । शाहले बेलडाँडी घरभएका तीन विद्यार्थी नेता र एक पत्रकारलाई सम्मान गरेको बताए । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियू जिल्ला अध्यक्ष कमल रोकाया, अनेरास्ववियूकै कोषाध्यक्ष विक्रम थापा र नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला कार्य समिति विकास सिह महतालाई खादा ओढाएर सम्मान गरिएको हो । उनीहरु तीनै जनालाई शाहले बेलडाँडीको दिगो विकास र सम्बृद्धिका लागि आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।

ताजा समाचार