Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु

बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु

हरिलाल जोशी /पुनर्वास – बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब साढे ३ बजे साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका-३, खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको हो ।
बन्धातालमा पौडिने क्रममा युवक वेपत्ता भएको खबर पश्चात् खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछि शव फेला पारेको थियो ।
मृतक चौधरीको शव पोष्टमार्टमका लागि अहिले श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कंचनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए । प्रहरी श्रोतकै अनुसार उनी केही दिन अघि मात्रै घर बिदामा आएको बुझिएको छ ।

ताजा समाचार