बेलडाँडी,

कञ्चनपुरको बेदकोट नगरपालिका दैजी–बेलडाँडी सडक खण्ड हुँदै बेलडाँडी अाएको मुल नहरमा हिजो एक जना डुबेर बेपत्ता भएका छन्।
नुहाउने क्रममा बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता पन्तको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताउनु भयो ।