Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीलेखराज भट्ट भन्छन, एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ

लेखराज भट्ट भन्छन, एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ

क्ञ्चनपुर,
नेकपा एमालेका नेता लेखराज भट्टले आफु नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफु नै सुप प्रदेश पार्टीको इन्चार्ज भएको बताएका हुन ।
‘मलाई अध्यक्ष ज्यूले तपाई नै प्रदेशको इन्चार्ज भनेको हो, ‘उनले भने, ‘भीम रावललाई संयोजक गर्ने जिम्मेबारी हो, मेरो भीम रावलसंग कुनै मतभेद छैन ।’
एमाले र माओवादी एकिकरण भएर नेकपा पार्टी बनेका बेला ५ पुष ०७७ मा पहिलो पटक तत्तकालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेका बेला नेपाल समुहबाट मन्त्री भएका नेता योगेश भट्टराई, घनश्याम भुसाल फिर्ता भएपनि माओवादीबाट मन्त्री भएका लेखराज भट्ट राम बहादुर थापा
(बादल) सहितका नेताहरु ओलीतिरै बसेपछि त्यसको बदलामा लेखराज भट्टलाई एमाले २ जेठ ०७५ मा फर्किएपनि इन्चार्ज भट्टलाई अध्यक्ष ओलीले दिएको बनाएको एमाले नेपाल पक्षका नेताहरुको भनाई छ । एमाले पार्टी विभाजन पछि नेता भट्ट र रावल प्रदेशमा आएका छन ।
माओवादीबाट एमालेतिर लागेका नेता भट्टलाई ओली पक्ष सहित नेपाल पक्षका नेताहरुले माग गरिरहेका छन । पुर्व वाणिज्यमन्त्री समेत रहेका एमाले नेता भट्टले दोधाराचाँदनीमा बन्ने भनिएको सुख्या बन्दरगाह निर्माणमा जोडदिएका छन ।

ताजा समाचार