Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीचोरीको मोटरसाइकल सहित कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमावर्ती क्षेत्रमा एकजना पक्राउ

चोरीको मोटरसाइकल सहित कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमावर्ती क्षेत्रमा एकजना पक्राउ

किशोर तमाङ्ग/कञ्चनपुर,
कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमावर्ती क्षेत्रबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा जिल्ला बझाङ थलरा वडा नम्बर ५हाल पुनर्वास नगरपालिका ६ घर ङ गाउँ बस्ने ३६ वर्षीय रमेश मिजार रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीको मतहतमा रहेको आस्थाई प्रहरी पोष्ट आई बी आर डी का इन्चार्ज प्रहरी सहायक निरीक्षक चौधरीको कमण्डमा खटेको टोलीले राती करीव १२बजेको समयमा भारत तर्फबाट नेपाल तर्फ बाट आउदै गर्दा सिमावर्ती क्षेत्रमा उनलाई पक्रेको हो ।

सेतो रङको अपाचे १५०सिसिको मोटरसाइकल वास्तविक नम्बर प्लेट नै नभई शङ्कास्पद ढङ्गबाट मोटरसाइकल चलाइ आईरहेको अवस्थामा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्ती का इन्चार्ज प्रहरी निरीक्षक कैलास सिंह बिष्टले जानकारी दिनुभयो ।

चेकजाँचमा परियार संग मोटरसाइकलको कुनै कागजात नभएको र यातायात कार्यालय संग सम्पर्क गर्दा गाडीको केही रेकर्ड नभएको पाईकोले नियन्त्रणमा लिई अावश्यक कारवाहीका लागि त्रिनगर भन्सार कैलाली पठाई दिएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

चोरीमा संलग्न रमेश परियार माथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

ताजा समाचार