Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीको कलकत्तामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बेलाैरीको कलकत्तामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

कलकत्ता,
बेलौरी नगरपालिकाको कलकत्ता बजार नजिक सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता खानेपानी ट्याङ्की नजिकै हुलाकी सडक खण्डमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना परि बेलौरी नगरपालिका १० सडकघाट बस्ने अन्दाजी २५ वर्षीय युवक सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार अबेर साँझ सु.प.प्र. ०१००९ प ५०५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चौधरीलाई उपचारका लागि कैलालीको माया मेट्रो अस्पतालमा लैजाँदै गर्दा बाटो मै मृत्यु भएको र अस्पतालमा पुगिसकेपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

ताजा समाचार