Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकानुन अधिकृत दानबहादुरद्धारा दलित महिलाहरुलाई कानुन सम्वन्धि अभिमुखिकरण

कानुन अधिकृत दानबहादुरद्धारा दलित महिलाहरुलाई कानुन सम्वन्धि अभिमुखिकरण

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका दलित महिलाहरुलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारद्धारा कानुन सम्वन्धि अभिमुखिकरण गराइएको छ ।

समाजमा बढ्दै गरेको विकृति, भेदभाव, हिंसा, महिला हिंसा, जातिय विभेद लगायत विभिन्न सेरोफेरोमा दलितहरुले खेप्नु परेको समस्यालाई कानुनी पक्षबाट समाधान गर्ने तरिका बारे ज्ञान दिएको कानुन अधिकृत सुनारले बताए ।

धेरै कुरा कानुन नबुझेर समेत दलित महिलाहरुले पिडा सहेर बसेको हुनाले समेत सबैलाई सजक गराउन यो तालिम दिइएको दलित महिला संघ कञ्चनपुरकी अध्यक्ष लक्ष्मी विकले जानकारी गराउनु भयो ।

“समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद” भन्ने मुलनाराका साथ बेलडाँडीमा २दिने कानुनी साक्षरता तालिम सम्पन्न भएको थियो ।

ताजा समाचार