Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीविद्यार्थी नेता पवन नेपाली काँगेस बेदकोट नगर सचिव दौडमा भन्छन, ‘काँग्रेसलाई गुटउपगुट...

विद्यार्थी नेता पवन नेपाली काँगेस बेदकोट नगर सचिव दौडमा भन्छन, ‘काँग्रेसलाई गुटउपगुट रहित बनाएर भावि चुनाव काँग्रेसको पक्षमा पार्छु’

कञ्चनपुर,
नेपाल विद्यार्थी संघ कञ्चनपुरका युवा नेता पवन नेपाली काँग्रेस बेदकोट नगर सचिवको दौडमा छन । नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि विद्यार्थी नेता नेपालीले काँग्रेस बेदकोट नगरको सचिवका लागि उम्मेदवारी दिने तयारी गर्दै नगरका नेता कार्यकर्ताहरुसंग दौडधुप बढाएका छन ।
झण्डै एक दशक बढि समयदेखि नेवि संघ विद्यार्थी राजनीतिमा होमिएका नेपालीले नगर सचिवका लागि दावि गरेका हुन । ०६५ सालमा नेवि संघ घटाल माविको इकाई अध्यक्ष हुँदै अहिले नेपाली काँग्रेस क्षेत्र नम्बर २का क्षेत्रीय सदस्य रहेका नेपालीले नगरकै सचिव ताकेका हुन । ०७२सालमा नेवि संघका तर्फबाट घटाल बहुमुखी क्याम्पसको स्ववियू सभापतिका उम्मेदवार समेत रहेका उनी नेवि संघ कञ्चनपुर जिल्ला सदस्य, काँग्रेस केन्द्रीय प्रशिक्षण विभाग सदस्य, नेपाल दलित संघ जिल्ला सदस्य सहित विभिन्न समाजिक संघ संस्थामा आबद्ध छन ।
नेवि संघमा जोडिनु अघि नै उनी बाल अधिकारका लागि जिल्लामा परिचित नेपालीले गुट रहित काँग्रेस बनाउने संकल्प अघि सारेका छन ।
‘पार्टीमा युवाहरुको आकर्षिण बढाउँछु, ‘उनले भने, ‘पार्टीलाई गुटउपगुट रहित एकढिक्का भएर काँग्र्रेसलाई अघि बढाउँछु ।’ पार्टीलाई एक ढिक्का बनाएर, वडा, पालिका, प्रदेश र प्रतिनिधी क्षेत्र तर्फका चुनाव काँग्रेसको पक्षमा पार्ने उनको उद्घोष छ । ‘युवालाई समेत जिम्मेबारी दिनुपर्छ, ‘उनले भने, ‘जिम्मेबारी अनुरुप पार्टी र जनताको हितमा काम गर्छु ।’

ताजा समाचार