Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीओलीबाट भीम रावललाई धोका लेखराज भट्ट ओलीका प्यारा पात्र, रावलको इन्चार्ज पद...

ओलीबाट भीम रावललाई धोका लेखराज भट्ट ओलीका प्यारा पात्र, रावलको इन्चार्ज पद खोसियो

कञ्चनपुर,
एमाले पुर्व बरिष्ठ नेता माधव कुमार नेपाल क्याम्पमा लागेर पार्टी अध्यक्ष एव तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध खरो मात्र नभई एक नम्बर भगौडा, मानसिक सन्तुलन गुमाएको गम्भिर आरोप लगाएका भीम रावललाई अहिले ओलीबाट धोका भईरहेको छ । नेपालले पार्टी फुटाएर नयाँ पार्टी नेकपा एकिकृत बनाएपनि ओलीको मायाजालमा फसेर मुल पार्टीमै फर्किएका एमाले उपाध्यक्ष भीम रावलमाथि ठूलो धोका भएको छ । १०बुँदे सहमतीको रटान गर्दै भीम रावललाई ओलीबाट धोका भएको हो । एमाले जेठ २मै फर्किएपछि सुप प्रदेशको इन्चार्जमा भीम रावल हुनुपर्ने भएपनि पार्टी अध्यक्षले माओवादीबाट एमाले प्रवेस गरेका लेखराज भट्टलाई नै एमाले सुप प्रदेशको इन्चार्ज बनाएपछि रावल ओलीसंग असन्तृष्ट रहेका छन । ओलीले रावलको इन्चार्ज पद खोसेर लेखराज भट्टलाई नै इन्चार्ज बनाएपछि रावलको पद खोसिएको हो । यस अघि सुप प्रदेश सरकार परिर्वतन हैसियत राख्ने रावल अहिले ओलीको डण्डाले कमजोर बनिरहेका छन । रावलका विश्वासिता प्रदेश सभा सदस्यहरु धमाधम समाजवादी पार्टीमा प्रवेससंगै कमजोर बनेका रावल अब पार्टीकै इन्चार्ज पद खोसिएपछि झन कमजोर बनेका हुन । भीम रावल पक्षीय नेता कार्यकर्ताहरुले १०बुँदे सहमती ओलीले कार्यान्वयन नगरेको भन्दै बिद्रोहको चेनावती दिईएका छन । ओली पक्षीय नेकपा एमाले सुप प्रदेशका अध्यक्ष कर्ण थापाले उपाध्यक्ष भएका नेताले प्रदेश ताक्न नहुने तर्क राखेका छन । ओलीपक्षीय नेताहरुले विगतमा भीम रावलले ओली बिरुद्ध गरेको गतिबिधीको बदलामा अब नारायन तेल निकाल्ने बताएका छन । ओली प्रधानमन्त्री हुँदा मन्त्री नबनाएको झोकमा नेपालतिर लागेका भीम रावलकै विश्वासिता पात्र धमाधम नेकपा एकिकृत समाजवादीमा गएसंगै उनी सिपाही बिनाको कमाण्डरको रुपमा ब्याख्या गर्न थालेको छन । एमाले सुप प्रदेशको इन्चार्जमा लेखाराज भट्टलाई नै ओलीले निरन्तरता दिएपछि रावल पक्षका नेता कार्यकर्ताहरुले सत्ता, पदका लागि माओवादी छाडेर ओलीतिर लागेका व्यक्तिबाट पार्टी चल्न नसक्ने भएकाले सुप प्रदेशमा इन्चार्ज रावलको विकल्प नखोज्न चेतावनी दिएका छन ।

ताजा समाचार