Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीराप्रपा कञ्चनपुरको अध्यक्षमा चन्द सर्वसम्मत

राप्रपा कञ्चनपुरको अध्यक्षमा चन्द सर्वसम्मत

सुमन भट्ट,
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द चयन भएका छन । आइतबार राप्रपा कञ्चनपुरको जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द सर्वसम्मत चयन भएका छन । राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा चयन भएका हुन । सदस्य तर्फ बिरेन्द्र बहादुर चन्द, महेश्वरी सिह, दिल बहादुर नाथ, रमेश भट्ट, दिपक नाथ, राजेन्द्र प्रशाद भट्ट, लोक बहादुर कुँवर, कैलाश भट्ट, कल्लु राना, दिनेश विष्ट, हेमबाबु लेखक, धिरेन्द्र बहादुर चन्द, सुरेश चटौत, सुकमान सुनार, बल बहादुर तामाङ्ग केशव राज जोशी, प्रकास थापा, गंगा कठायत, महेश भाट, मोहनजंग रोकाया, दिलिप बडायर, खडक बहादुर विष्ट, नन्दादेवी जोशी, धव्रराज भट्ट, अम्बादत्त पन्त, गोर्बधन खडका, नन्दादेवी खत्री, रामेश गौमत चयन भएका छन ।
राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नव अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा राप्रपालाई स्प्रीडमा लग्ने योजना रहेको बताए । ‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले चिरेको छ, ‘उनले भने, ‘राप्रपामा अब युवा पुस्ताको काँधमा आएको छ ।’ धर्मसंस्कृतिलाई अघि बढाउँदै लैजाने उनको भनाई छ । ‘जिल्लाको विकास निर्माण एव विकृतीलाई हटाउँदै जान्छु, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपालाई एकिकृत रुपमा अघि बढाउँछु ।’ राप्रपा कञ्चनपुरको नेतृत्व पाएसंगै भावि निर्वाचनमा राप्रपालाई सफलताको शिखरमा पु¥याउने उनको प्रतिबद्धता छ ।

ताजा समाचार