Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटमा समाजवादी पार्टीको भेला, केसीको संयोजकत्वमा २९ सदस्यीय आयोजक कमिटि विस्तार

बेदकोटमा समाजवादी पार्टीको भेला, केसीको संयोजकत्वमा २९ सदस्यीय आयोजक कमिटि विस्तार

कञ्चनपुर, एमलेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेदकोट नगरमा भेला सम्पन्न गरेकोछ । आइतबार लालपुरमा समाजवादीले भेला गरेर सुरेन्द्र केसीको संयोजकत्वमा २९ सदस्यीय आयोजक कमिटी विस्तार गरेकोछ । नेकपा समाजवादी बेदकोटका संयोजक सुरेन्द्र केसीको अध्यक्षता एव नेकपा समाजवादी पार्टीका नेता एव समाजिक विकास मन्त्री लाल बहादुर खडकाको प्रमुख आतिथ्य तथा केन्द्रीय साँस्कृतिक विभाग सदस्य बीर बहादुर बुढाथोकीको बिशिष्ठ आथित्यमा नेकपा एकिकृत आयोजक कमिटि विस्तार भएको हो । नेकपा समाजवादी बेदकोट नगरका युवा नेता केशव खडका अनुसार केसीको संयोजकत्वमा विस्तार भएको आयोजक कमिटिले पालिकादेखि वडा संगठन विस्तार गर्नेछ । नगर सदस्यहरुमा कृष्णराज जोशी, नर बहादुर साउद, प्रताप दमाई तोया प्रशाद जोशी, नितु रावल, दिल बहादुर भाट, राधादेवी महता, गगन सिह ठकुल्ला, दिपकराज भट्ट, तिलक भट्ट, भीम सिह भाट, राम बहादुर ऐरी, केशव खडका, पार्वती सार्की, धर्मानन्द पन्त, महादेव पन्त, जैराज जोशी, शिवराज पन्त, मिना फस्र्वान, रामदत्त भट्ट, गौरीदत्त भट्ट, हरिना विष्ट(भाट), मोहन चन्द, खुसी चौधरी, धुव्रराज जोशी, विष्णू भट्ट,मनोज सिह भण्डारी, दिपक बहादुर खडायत, हरिसि ऐडी रहेका छन । नेकपा समाजवादीका नेताद्वय खडका र बुढाथोकीले नगरका नेता कार्यकर्ताहरुलाई अबको यात्रा समाजवाद नै भएकाले केपीको लोकतन्त्र मास्ने अभियान बिरुद्धमा दरिलो ढङगबाट खटिन आब्हान गरेका छन ।

ताजा समाचार