Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीअाज थारू समुदायले धुमधामका साथ अटवारी पर्व मनाउदै

अाज थारू समुदायले धुमधामका साथ अटवारी पर्व मनाउदै

कञ्चनपुर,
थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् । सुदूरपश्चिम सरकारहरुले अटवारी पर्वको अवसरमा कञ्चनपुर र कैलाली जिल्लामा सार्वजनिक विदा गरेको छ ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।

ताजा समाचार