बिकाश सिंह महता/कैलाली ,
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी स्थित रहेको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका लागि पैरवी गर्दै आएको सुदूरपश्चिम समाज को १४ औं साधारणसभा सम्पन्न भएको छ।

सनिवार एक कार्यक्रमका साथ सुदूरपश्चिम समाजको कार्यालयको सभा कक्षमा सम्पन्न १४ औं साधारणसभा बाट अध्यक्षमा सर्वसम्मत करुणा नेपाल लाई चयन गरिएको हो। निवर्तमान अध्यक्ष आशिका चौधरीले आफ्नो कार्यकाल सम्पन्न संगै निर्वाचित अध्यक्ष नेपाल लाई स्वागत समेत गर्नु भएको छ।
यस्तै कार्यसमितिको उपाध्यक्ष कृति चौधरी ,सचीव राज चौधरी ,कोषाध्यक्ष बिर्ख राज चौधरी ,सदस्यमा राजु लामा ,मुकेश चन्द ,पवन राना,धर्मराज चौधरी ,भरत चौधरी ,खगेन्द्र राना र नरेश चौधरी लगायतको एघार सदस्यीय कार्यसमिति चयन गरिएको छ।


कार्यक्रमको सम्पुर्ण जानकारी सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामा र आर्थिक आयव्यय परियोजनाका लेखा अधिकृत लालमणी भट्टले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको संचालन उक्त समाजका सचिव राज चौधरीले गर्नु भएको थियो।
सुदूरपश्चिम समाजलाई अझ थप नया उचाइमा पुगाउन का लागि सम्पुर्ण कार्यसमितिको अहम् भुमिका रहने र विश्वासका साथ मलाई नेतृत्व दिनु भएको मा सम्पुर्ण लाई हार्दिक धन्यवाद का साथै आगामी दिनमा सबैको साथ सहयोग सल्लाह अनुसार नै कार्य गर्ने निर्वाचित अध्यक्ष करुणा नेपालले बताउनु भयो।

सुदूरपश्चिम समाज धनगढीले बिगत लामो समय देखि सामाजिक सेवा सम्बन्धी कार्य गर्दै आएको एक नमुना मुखी संघसंस्थाको रुपमा परिचीत रहेको छ।


