Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी ४ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन, अध्यक्षमा बडाल,...

बेलडाँडी ४ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन, अध्यक्षमा बडाल, साइवर सेना संयोजकमा गायक खडका

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.४मा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र वडा स्तर साइवर सेना गठन गरिएको छ ।

करन सिह बडालको अध्यक्षतामा २१ सदस्यीय वडा स्तर युवा संगठन र यो लोटाउनो राँगोका चर्चित देउडा गायक पदम बहादुर खडकाको संयोजकत्वमा ७ सदस्यीय साइवर सेना विस्तार गरिएको एमालेले जनाएको छ । आज एक कार्यक्रका विच राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शंकर दत्त भट्टको विशेष आतिथ्यमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रमको अध्यक्षता युवा संघ जिल्ला सदस्य धनराज उपाध्यायले गर्नु भएको थियो ।

कार्यक्रम बोल्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य भट्टले भने अहिलेको परमादेश सरकारको भण्डारफोर गर्ने र नेकपा एमालेलाई जनतामा स्थायित्व गर्न विशेष भूमिका युवाले खेल्नुपर्नेमा जोड दिए । वहाँका अनुसार यति बेला सरकारले जनतामाझ भ्रम फैलाउन थालेकाले हामी सम्पुर्ण देश भक्तयुवाहरुले भ्रम र गलतका विरुद्ध उभिनु पर्ने बताए । यो सरकारले अध्यक्ष केपी ओलीले ल्याएका राष्ट्रिय योजना सबै काटेर फेरी जनतालाई अन्धकार तिर लैजान लागेको जिकीर गरे । बेलडाँडीका सबै वडामा वडा स्तरका युवा संगगन विस्तार गर्नुका साथै वडा वडामा साइर सेना निर्माण गर्ने योजना समेत रहेको बताए ।

ताजा समाचार