बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी सडक अन्र्तगत शुक्लाफाटा निकुञ्ज बेलडाँडी देखि बण्डीखेडा दैजी सम्मको सडक खण्डमा सेनाले टाइकार्ड कार्यान्वयन गराउन सकृय हुन थालेको छ ।
उक्त सडक खण्डमा मोटरसाइकलहरुका लागि शुक्लाफाटा निकुञ्ज कार्यालयले आधा घण्टा तोकेको छ तर सडकको अवस्था विगतको भन्दा सुधार भएकाले २० मिनेटको सेरोफेरोमा मोटरसाईकलहरु तोकेको गन्तव्यमा पुग्ने गरेका छन् । सोही बचेको १० मिनेट कार्यान्वय गराउनका लागि सेनाले मोटरसाईकल चालकहरुलाई आधा घण्टा पुग्ने गरी रोक्ने गरेको व्यापक जनगुनासो छ ।

सो सडकमा यात्रा गर्नेहरुले भने यो चेकपोइन्ट यहाँ स्थापना भए देखि अहिले यहाँ नियम कडाइ गर्ने बहानामा हामी स्थानीयहरुलाई दुःख दिन लागेको बताए । आफुहरु १मिनेट ढिलोचाडो पुग्दा किन ढिलो चाडो भनेर यहाँ यात्रा गर्नेहरु संग अभद्ध व्यवहार गर्ने गरेको गुनासो छ । जंगलमा हाक्ती, बाघ देखिन्छ त्यसकारणले समेत हामीहरु अलि स्पिड चलाउछौं स्पीड किन आएको भन्दै गाली गर्ने घाममा उभिनुस् भन्ने, जस्ता अमानवीय व्यवहार गर्दै सजाय दिन लागेको जनाइएको छ ।
यस विषयमा नेपाली सेनाका बेलडाँडी पोष्ट प्रमुख क्याप्टेन सृजना विकले भनिन् आफुहरुले कुनै दुःख दिने काम नगरेको बताईन । उनले भनिन् हामीलाई निकुञ्जले दिएको जिम्मेवारी अनुसार काम गरेको बताइन् । यस सडक खण्डमा तिब्र गतिका कारण केहि दिन पहिला चितल र केहि दिन पहिला बदेल मोटरसाइकल ठक्करका कारण मरेकाले समय अनुसार जान आग्रह गरेको जनाए । बण्डीखेडा देखि क्याम्प पुग्न कार्यालयले मोटरसाइकल वालाहरुको लागि आधा घण्टा दिएको छ तर यहाँ १५ मिनेटमै तिव्र गतिका साथ पुग्ने गरेकोले कुनै दुर्घटना नहोस् र अर्कोपटक समय तालिका अनुसार चलुन भन्ने उदेश्यले रोकेर सुझाव दिने गरेको बताइन् । हामीलाई घाममा उभिएर कार्ड हेर्ने रहर नभएको र हाम्रो जिम्मेवारी पनि भएकाले जिम्मेवारी पुरा गर्न लागेको हो । कुनै संग सेनाको रिसराग नभएको र आफुलाई दिएको अभिभारा पुरा गर्न लागेकाले सबै पक्षबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
निकुञ्ज आसपासका क्षेत्रमा विस्तारै पेजिलो बन्दै गरेको निकुञ्जको नियमले स्थानीयलाई दुःख दिएको महसुस हुदैछ । दैजी देखि यहाँ बेलडाँडी सम्म जोड्ने सडकखण्ड जम्मा १५ किलोमिटर छ भने सो अनुसार समय बढी भएको गुनासो रहदै आएको छ ।