Monday, September 26, 2022
गृहपृष्ठआर्थिकसुदूरका संसदहरुद्धारा रोस्ट्रम कब्जा गर्ने प्रयास

सुदूरका संसदहरुद्धारा रोस्ट्रम कब्जा गर्ने प्रयास

काठमाडौं,
प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन्। उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि कटौती गरेका छन्।

सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच विधेयक प्रस्तुत गरिएको थियो। संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको थियो भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरेका थिए।

आफ्नो सरकाले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका थिए। एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका थिए।

पूर्व वनमन्त्री नारमुनी राना, सांसद नरबहादुर धामी र आशा बिकले एमालेकै अन्य सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका हुन्। उनीहरुलाई मर्यादापालकले रोक्न हम्मे–हम्मे परेको थियो। राना कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका सांसद हुन्।

धामी काँग्रेस नेता एनपी साउँदलाई पराजित गर्दै कञ्चनपुरबाट विजयी भएका थिए। बिक भने बझाङबाट सामानुपातिक सांसद हुन्। प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले उनीहरुलाई पालैपालो हातहात, काँधकाँधमा उचालेर रोष्टममा पु¥याउने प्रयास गरेका थिए। नाराबाजी गरिरहेका एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेका थिए।

ताजा समाचार