Friday, September 30, 2022
गृहपृष्ठसमाचारजरोकिलो पार्टीद्धारा एमसिसि खारेजी र जयसिंह धामीको न्यायकालागि प्रदर्शन

जरोकिलो पार्टीद्धारा एमसिसि खारेजी र जयसिंह धामीको न्यायकालागि प्रदर्शन

महेन्द्रनगर । मौलिक जरोकिलो पार्टी कंचनपुरले आज महेन्द्रनगरमा एमसिसी खारेजी र जयसिंह धामीको न्यायका लागि विरोध प्रदर्शन गरेको छ । एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेको अवसर पारेर जरोकिलो पार्टीले विरोध जनाएको हो ।

पछिल्लो समय सरकारका गतिविधिले सरकार एमसीसी अनुमोदन गराउन उद्धत रहेको भन्दै कुनै पनि हालतमा नेपालको कानुनी सर्वोच्चतालाई अवमूल्यन गर्ने, स्वाधीनता कमजोर बनाउने र आर्थिक परावलम्बनलाई बढाउने परियोजनाहरु अनुमोदन नगर्न जरोकिलो पार्टीले विज्ञप्तिमार्फत सचेत गराइसकेको छ ।

एमसीसीको विरोधमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेर सांकेतिक विरोध प्रदर्शन गरिएको थियो । एमसीसी फिर्ता लैजा, नो एमसीसी, एमसीसी चाहिदैन लागू गर्न पाईदैन, नेपाल विदेशीको प्रयोगशाला होईन,जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएर जरोकिलो पार्टिले प्रदर्शन गरेको थियो । प्रदर्शन पछि पार्टीका जिल्ला संयोजक प्रवेश के.सी.ले प्रतिक्रिया दिदै आजको प्रदर्शन सांकेतिक मात्रै भएको र देशलाई विदेशीको सैन्य अखडा बनाउन खोज्नेहरुका विरुद्ध आगामि दिनमा झनै शशक्त भएर लाग्ने बताए ।

ताजा समाचार