Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका निजामती दिवस ः बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुरका निजामती दिवस ः बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुर,
कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । बेदकोट नगरपालिका ६ मुसेपानी स्थित गणेश सामुदायिक वन र निजनमती दिवस आयोजक समितिले संयुक्त रुपमा निर्मणाधिन महाकाली तेस्रो चरणको नहर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर बृक्षारोपण गरिएको थियो । निजामती दिवस समारोहका संयोजक समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले डिभिजन वन मार्फत बृक्षारोपणका स्थानीय गणेश सामुदायिक वनसंग समन्वय गरेका थिए । विभिन्न प्रजातिका झण्डै ५देखि ७ सय बिरुवा रोपिएका छन ।
महाकाली सिँचाई तेस्रो चरण आयोजनाले निजमाती दिवसका अवसरमा बृक्षारोपण गरिएको स्थानलाई निजामती वाटीका नामाकरण गर्दै संरक्षणको प्रतिबद्धता जाहेर गरिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाभरीका विभिन्न सरकारी कार्यालय कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार