Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीजिसस सदस्य राना सहित लालझाडी एमालेबाट निर्वाचित पुरै सदस्य समाजवादीमा

जिसस सदस्य राना सहित लालझाडी एमालेबाट निर्वाचित पुरै सदस्य समाजवादीमा

लालझाडी,
जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य डिठ्ठा राना सहित एमालेबाट लालझाडी गाँउपालिकामा चुनाव जितेका पुरै जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी राजेका छन ।
एमाले लालझाडी गाँउपालिकाबाट तीन जना सदस्य डिठ्ठा राना, शान्तिदेवी कामी र भगतराम चौधरीले वडा सदस्य जितेका थिए । जितेका पुरै सदस्यले नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
नेपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बमले एमालेबाट लालझाडीमा चुनाव जितेका तीनै जना जनप्रतिनिधीले समाजवादी पार्टी रोजेको बताए ।
समाजवादी पार्टीका नेता बमका अनुसार मंगलबार तीनै जनाले निर्वाचन कार्यालयमा गएर नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेको सनाखत गरेका छन ।
लालझाडीमा एमालेबाट चुनाव जितेका एमालेका तिनै जनप्रतिनिधीलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राम कुमाल ज्ञवाली, नेता तारालामा तामाङ्ग, जिवनराज थापा, सुरेन्द्र बम सहितका नेताहरुल सम्मान स्वागत गरेका छन ।
जिसस सदस्य समेत रहेका पुर्व एमाले नेता डिठ्ठा राना विगतमा ओली समुहतिर थिए । लालझाडी गाँउपालिका ओली समुहका कट्टर नेता रानाले अहिले आएर समाजवादी पार्टी रोजेका छन । यस्तै र्मंगलबारै भीमदत्त नगरका एक थप सदस्यले समेत समाजवादी पार्टी रोजेका छन । नेकपा समाजवादी पार्टीका युवा विद्यार्थी नेता रमेश पन्तले भीमदत्त नगरपालिका १४बाट वडा सदस्य जितेका हिम्मत बहादुर विष्टले समाजवादी पार्टी रोजेका छन । उनले पनि मगलबार समाजवादी पार्टीमा सनाखत गरेका छन । विष्टलाई नेकपा एपकिकृत समाजवादी पार्टी कञ्चनपुरका युवा नेता राजेन्द् पाण्डे, प्रताराम तिरुवा र युवा विद्यार्थी नेता रमेश पन्तले स्वागत गरेका छन ।

ताजा समाचार