Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

कञ्चनपुर,
आगामी मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि १८ भदौँमा कञ्चनपुर सहित अधिकाँस जिल्लामा वडा सम्मेलन भए त्यहाँबाट क्षेत्रीय प्रतिनिधी चुनिएका छन । केही जिल्लामा भने वडा अधिवेशन भएको छैन ।
कञ्चनपुरमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भए । झण्डै तीन दशक बढि काँग्रेसको राजनीति गरेका पुराना नेता गोपाल गुरुङ्ग काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिको दौडमा देखिएका छन । दुई पटक काँग्रेस कञ्चनपुरको सभापतिमा पराजित भएका नेता गुरुङ्ग फेरी सभापतिका लागि देखिएका छन । संस्थापन पक्षका नेता भएकाले उनलाई देउवा पक्षको साथ नदिएकै कारण दुई पटक सभापतिबाट बञ्चित भएका काँग्रेस नेता गुरुङ्ग अहिले पनि सभापतिको दौडमा देखिएका हुन ।
प्रजातन्त्र पूनर्वबहाली अघि उनी भारतको अध्ययनका सिलसिलाका क्रममा जयदेव नाथ नेतृत्वको नेवि संघ लखनउ विश्वविलयको सल्लाहकारबाट राजनीतिक यात्रा शुरु गरेका गुरुङ्गले ०४६ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका थिए । पञ्चायती शासनकालको अन्त्यसंगै नेता गुरुङ्ग काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य भएका थिए । जिल्ला सदस्य भएका गुरुङ्ग काँग्रेस फुटदा संस्थापन पक्षबाट सह सचिव हुँदै अहिले महाधिवेशन प्रतिनिधी छन ।
०७४ सालमा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका उनी माओवादी–एमाले गठबन्धनका साझा उम्मेदवार तारालामा तामाङ्गसंग पराजित भएका थिए । ईतिहास विषयमा स्नाकोत्तर र सुचना प्रविधिमा डिप्लोमा गरेका काँग्रेस नेता गुरुङ्गले काँग्रेसमा ३२ बर्ष राजनीतिक गरेका छन । १० औँ महाधिवेशनमा परिवेक्षक भएका गुरुङ्ग ११ औँदेखि १३ औँसम्म महाधिवेशन प्रतिनिधी भएका थिए । १२ औँ बहादुर सिह थापा र १३ औँ हरि प्रशाद बोहरासंग पार्टी सभापतिमा पराजित भएका गुरुङ्ग कार्यकर्ता र जनतामा लोकप्रियका रुपमा चिनिन्छन । पार्टी भित्र र बाहिरका चुनावमा पराजित हुँदा समेत ढुक्क भएर उनी काँग्रेसको नीति, सिद्धान्त अनुरुप पाटीकै काममा होमिदै आएका छन ।
काँग्रेस कञ्चनपुरको सभापतिका आँकाक्षी गुरुङ्गले सहमती सहकार्यमा आफु बाधक नबन्ने बताए । ‘म पार्टीको नेतृत्व सहमती, सहकार्यका लागि तयार छु, ‘उनले भने, ‘नेतृत्वको पार्टी कार्यालयमा राखेर सहमती गराउँछन, भने म बाधक बन्दैन, तर बन्द कोठा, होटलमा मदिरा सेवन गरेर गर्ने सहमतीमा मेरो बिमती हुन्छ ।’ पार्टी सभापति भएर कञ्चनपुर काँग्रेसलाई एक ढिक्का र विपीकै नीति, सिद्धान्त अनुरुप अघि बढ्ने उनको रणनीति छ ।

ताजा समाचार