कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले दोधाराचाँदनी नगरपालिकामा समेत संगठन विस्तार गरेको छ । मंगलबार क्रान्तिकारीले दोधाराचाँदनीमा संगिठ विस्तार गरेको अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले बताए ।
सचिव भट्टका अनुसार अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको प्रथम नगर भेलाबाट अध्यक्षमा लिला मगर चयन भएकी छिन । दोधाराचाँदनीमा क्रान्तिकारीको महिलाले नेतृत्व लिएको छ । उपाध्यक्ष ब. सुनार, विशाल सुनार, सचिव हिरा सुनार, सह सचिव कमल नेपाली, उद्धव लुहार, कोषाध्यक्ष तारा सुनार रहेका छन । सदस्यहरु तर्फ नविना बुढा, जानकी सुनार, आकास राना, सरिता सुनार, अनिल दमाई, मनिका चतारो, सृजना चदारा, कुमुम चदारा, अभिषेक दमाई, सानी सुनार, आकास दयाल, मनोज खडका, करन खत्री, अरुन मगर, आशिष खडका, गिता खत्री, मनिसा बुढा रहेका छन ।
