Thursday, September 29, 2022
गृहपृष्ठराष्ट्रिय समाचारनेपाली कांग्रेस १४ औं महाधिवेशन ः बेलडाँडी सभापतिका लागि पृतबहादुरद्धारा भोटको आवहान

नेपाली कांग्रेस १४ औं महाधिवेशन ः बेलडाँडी सभापतिका लागि पृतबहादुरद्धारा भोटको आवहान

बेलडाँडी,
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका लागि यति बेला चुनावी माहोल तातेको छ । यसै विच बेलडाँडी गाउँ सभापतिका लागि पृत बहादुर बिष्टले समेत आफ्नो उमेदवारी घोषण गरेका छन् । आज बेलडाँडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो उमेदवारी घोषण गरे संगै २७ गते हुने निर्वाचनमा भोटको आवहान समेत गरेका छन् ।

बिष्टका अनुसार पछिल्लो समयमा आफु अन्य देखिएका उमेदवार भन्दा सिनियर र उनीहरुको भन्दा बढी पाटीमा त्याग लगानी बढी भएको भन्दै उमेदवारी दिएको बताए । २०४६ सालको जनआन्दोलन देखि पार्टीको किलापुर्जाको रुपमा काम गर्दै आएको र पाटीको अहिलेको आवश्यकता अनुसार गाउँ सभापतिका लागि दावी गरेको बताए । बेलडाँडीमा देखिएका अन्य उमेदवार भन्दा बढी योगदान गरेको र अन्य उमेदवार भन्दा उमेरले समेत पाको भएकाले पार्टीपंत्तीलाई एक ढिक्का बनाउनका लागि आफ्नो उमेदवारीता रहेको जनाए ।

उनले माओवादी युद्धकालिन अवस्थामा पार्टी जोगाउने क्रममा मृत्युलाई आत्मसाथ गरेको दुखेसो सुनाउदै भने मैले नेपाली कांग्रेस पार्टीका निम्ति गरेको योगदानको सबै मतदाताहरुले मुल्यांकन गर्ने बेला देखिएकोले मुल्यांकन गरी मत दिन आवहान गर्नु भयो ।

२०४६ सालको जनआन्दोलनमा नेवि संघ देखि राजनिति शुरु गरेका बिष्टले ११ औं महाधिवेशनमा क्षेत्रिय कोषाध्यक्ष, १२ औं नगर सभापतिको उमेदवारमा पराजित, १३ औं मनोनित क्षेत्रिय सदस्यमा भएको बताउदै आफुलाई यति बेला अन्तिम इच्छा पाटीलाई एक ढिक्का बनाउन र गुटबन्दी अन्त्य गर्न, जातियता क्षेत्रियता अन्त्य गर्न, पार्टीलाई अनुसाशित बनाउने उदश्यका साथ आफ्नो उमेदावरी रहेको जनाए । सभापतिका लागि अफु भन्दा बढी योगदान गरेको कोही व्यक्ति सभापतिको उमेदामा आउछ भने आफुले सहमतीको आधारमा छोड्न सक्ने बताउदै सहि मुल्यांकन गरिदिन सबैमा आग्रह गरे ।

२७ गते हुने निर्वाचनमा ८५ जना बेलडाँडीमा मतदाताहरु रहेका छन् ।

ताजा समाचार