महेन्द्रनगर ,

कञ्चनपुरमा सहयात्रा नेपालले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा दर विशेष शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
सोमबार महेन्द्रनगरको नाईन ईलेभन होटेलमा सहयात्रा नेपालको आयोजनामा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता-२०७८ मा महिला समूह र एलजिविपिटीआई क्यूू समुदायविच भएको छुट्टाछुट्टै समुहमा महिला समूहको तर्फबाट बिमला भट्ट प्रथम र आरती सुनार ले द्धितिय स्थान हासिल गरेका थिए । भने एलजिविपिटीआई क्यूू समुदायको तर्फबाट प्रथम जेसिका खड्का र द्धितिय केशव डगौरा भएका हुन।
तिज विशेष दर खाने तथा शुभकामना आदानप्रदान साथै नृत्य प्रतियोगिताको समापन गर्दै नजिकिदै गरेको हिन्दु महिला दिदिबहिनी हरुको महान पर्व हरितालिका तिजमा एलजिबिटिआई क्यू समुदायका सम्पुर्ण तेसोलिङ्गी महिला लाई पछिल्लो समयमा समाजमा हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको हुँदा आगामी दिनमा पनि अझै परिवर्तन आउने छ र हाम्रो समुदायले पाउनु पर्ने हक अधिकारको बारेमा पनि स्थानीय ,प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण होस् सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले भन्नु भयो। साथै उनले नजिकिँदै गरेको जित पर्वको सम्पुर्ण महिला दिदिबहिनी लाई शुभकामना समेत दिनु भयो।
विजेता उपविजेता लाई सहयात्रा नेपालका अध्यक्ष अनिषा धमला लगायतका निर्णयक मण्डल भिष्म देव भट्ट, अरुणा सुवेदीले गिप्टहेम्बर समेत प्रदान गर्नु भयो । उक्त कार्यक्रममा विभन्न संघसंस्थाका महिला दिदिबहिनीहरु लगायतको उपस्थित रहेका थिए ।