Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष खत्री पनि नेकपा एकिकृत समाजवादीमा

बेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष खत्री पनि नेकपा एकिकृत समाजवादीमा

कञ्चनपुर,
नेकपा एमाले फुटको असर कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा पनि परेको छ । एमालेबाट चुनाव जितेका बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अमर खत्रीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन । नेकपा पार्टी एक हुँदा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बर्ष पुष महिनामा संसद विघटन गर्दादेखि नेपाल समुहमा लागेका अध्यक्ष खत्रीले पनि एमाले परित्याग गर्दै नेकपा समाजवादी पार्टी रोजेका हुन ।

सोमबार खत्रीले निर्वाचन आयोगको कार्यालयमा गएर समाजवादी पार्टीमा सनाखत गरेको बताए । उहाँका अनुसार बेलडाँडी अन्य केही जनप्रतिनिधिहरूलाई एमालेका साथीहरूले बन्धक बनाई भ्रमण गर्न जाम भन्दै लुकाउन लगेको अारोप लगाए । उनीहरूलाई अाज बिहानै हाइस बुकिङ गरेर लगेको जनाए । लुकाए पनि केही दिनमै उनीहरू समाजवादी मै अाउने तर्क गर्नु भयो ।

समाजवादी पार्टी रोजेका अध्यक्ष खत्रीले राजनीतिक स्वतन्त्रता अनुरुप आफुले समाजवादी पार्टी रोजेको बताए । ‘म राजनीतिक स्वतन्त्रता चाहन्छ,ु ‘उनले भने, ‘यस्ता विषयमा सकैलाई बन्धक बनाउँनु हुँदैन, जहाँ बसेपनि जनताकै काम गर्नुपर्छ ।’

ताजा समाचार