Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीयुवा नेता बम सहित कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

युवा नेता बम सहित कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम सहित एमालेबाट स्थानीय तहको चुनाव जितेका कृष्णपुर नगरका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी रोजेका छन ।
एमाले कञ्चनपुरका पुर्व जिल्ला कमिटि सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम सहित दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकिकृत समाजवादी रोजेका हुन । कृष्णपुरका तीनै जनप्रतिनिधीले एमाले परित्याग गर्दै सोमबारदेखि औपचारिक रुपमा समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
सोमबार कृष्णपुर नगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिह चौधरी, ९ का वडाध्यक्ष छत्र महरा र वडा सदस्य जहर सिह कुँवर निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेको सनाखत गरेका छन । ‘अहिले पहिलो दिन कृष्णपुरका केही जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन, ‘कृष्णपुरका युवा नेता बमले भने, ‘अझै समाजवादी पार्टी प्रवेस गर्नेहरुको ओईरो लाग्छ ।’

ताजा समाचार