Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीएमालेबाट चुनाव जितेका कृष्णपुर नगरका दुई वडाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीमा

एमालेबाट चुनाव जितेका कृष्णपुर नगरका दुई वडाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीमा

कञ्चनपुर,
नेकपा एमाले फुटको पराक्रम कञ्चनपुरको कृष्णपुर नगरपालिकामा समेत पुगेको छ । कुल ९ वडा रहेको एमालेले नगर प्रमुख, उप प्रमुख सहित तीन वडा जितेको थियो । तीन वडा मध्ये दुई वडाका अध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीतिर लागेको छन । सोमबार कृष्णपुर नगरपालिका ३का वडाध्यक्ष सुन्दर चौधरी र ९का वडाध्यक्ष छत्र महराले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन । नेकपा एकिकृत समाजवादी पार्टीका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले पहिलो दिन कृष्णपुर नगरपालिकाबाट दुई वडाध्यक्षले एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेको बताए । ‘पहिलो दिन दुई वडाध्यक्ष समाजवादी पार्टीमा सनाखत गरेका छन, ‘उनले भने, ‘बाँकी अब आउँनेछन ।’

ताजा समाचार