Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीएमालेबाट चुनाव जितेका बेदकोट जनप्रतिनिधी पनि नेकपा एकिकृत समाजवादीमा खुल्न थाले

एमालेबाट चुनाव जितेका बेदकोट जनप्रतिनिधी पनि नेकपा एकिकृत समाजवादीमा खुल्न थाले

कञ्चनपुर,
एमालेबाट चुनाव जितेका बेदकोट नगरका जनप्रतिनिधी पनि नेकपा एकिकृत समाजवादी पार्टीमा खुल्न थालेका छन ।
यस अघि बेलौरी, पूनर्वास र भीमदत्त नगरका जनप्रतिनिधी एकिकृत नेकपा समाजवादी पार्टीमा खुलेका थिए । बेदकोट नगरका जनप्रतिनिधी समेत नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न थालेको नेकपा एस समाजवादीका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले बताए । उनका अनुसार कार्यापालिका सदस्य नन्दकला पुलामी सहित वडा सदस्यहरु पार्वती सार्की, लक्ष्मी लुहारले आइतबार निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा खनाखत गरेका छन । उनीहरु सहित अन्य बेदकोट नगरका जनप्रतिनिधीले सनाखत गर्ने नेताहरुले बताएका छन । एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तारालामा तामाङ्ग सहितका कञ्चनपुरबाट एमालेबाट चुनाव जितेका चारै प्रदेश सभा सदस्य कुलबिर चौधरी, समाजिक विकास मन्त्री समेत रहेका लाल ब. खडका, पुर्व राज्यमन्त्री प्रकास रावलसंगै एमाले नेपाल समुहका लागेका नेता कार्यकर्ताहरुले धमाधम नयाँ समाजवादी पाटीमा आईरहेका छन ।

ताजा समाचार