Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीअधिकारकर्मीले प्रहरी प्रमुखलाई भने, ‘निर्मलाका हत्यारा सार्वजनिक गर्न कुन शक्तिले रोकेको छ’

अधिकारकर्मीले प्रहरी प्रमुखलाई भने, ‘निर्मलाका हत्यारा सार्वजनिक गर्न कुन शक्तिले रोकेको छ’

कञ्चनपुर,
कञ्चनपुरका महिला अधिकारकर्मीले बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिकको माग अघि सारेका छन ।
घटना घटेको तीन बर्ष वितिसक्दा पनि प्रहरीले निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै अधिकारकर्मीले यथाशिघ्र सार्वजनिक गर्न माग गरेका छन । देशमा सरकार, प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख, प्रदेश र जिल्लाका प्रहरी प्रमुख परिर्वतन हुँदा समेत निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक हुन नसक्नु दुखत भएको बताएका छन । आइतबार कञ्चनपुरका महिला अधिकारकर्मी तथा निर्मलाको न्यायका लागि शुरुवाती चरणदेखि आन्दोलनमा होमिएका माया नेगी, हेलेन श्रेष्ठ, प्रितिधिर पौडेल(भण्डारी), भुवनेश्वरी रावल सहितका महिला अगुवा तथा अधिकारकर्मीले लामो समयदेखि निर्मलाका हत्यारा सार्वजनिक हुन नसक्नुको कारण र ढिलाई बारे चासो व्यक्त गर्दै वास्तविक हत्यारा र दोषि सार्वजनिक गर्न माग गरेका छन । ‘हामीले निर्मलाका हत्यारा सार्वजनिक गर्न माग अघि सारेर कञ्चनपुर प्रहरी प्रमुख उमा प्रशाद चर्तुर्वेदीलाई भेटेरै स्मरण गराएका छौँ, ‘उनले भनिन, ‘हामीसंग प्रहरी प्रमुख चर्तुर्वेदीले सुक्ष्म अनुसन्धान भईरहेकाले हत्यार खोज्नका लागि प्रहरी लागि परेको जवाफ दिए ।’ अधिकारकर्मीहरुले हत्यारा बाहिर ल्याउन कुन शक्तिले रोकेको छ, भन्ने समेत प्रशन गरेका छन ।

ताजा समाचार