Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभीम रावललाई ठूलो झड्का विश्वासिला प्रदेश संसद समाजवादी खुले

भीम रावललाई ठूलो झड्का विश्वासिला प्रदेश संसद समाजवादी खुले

kanchanpur,

नेकपा एमालेका उपाध्यक्ष एव सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल जति शक्तिशाली थिए । एमाले फुटसंगै उनी अहिले त्यति नै कमजोर बन्दै गएका छन । नेकपा एमाले ओलीतिर लागेसंगै उनले सुदूरपश्चिमा रहेको राजनीतिक शक्ति प्रभाव गुमाउँदै गएका छन । सुदूरपश्चिम प्रदेशका एमाले सभामुख सहित २५ सदस्य सहित ठूलो दल थियो । तर, ०७४ मसिरमा सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमाले माओवादी मिलेर चुनाव लडेसंगै सातै प्रदेशमा भागबण्डा गर्दा सुप प्रदेशमा माओवादीले सरकारको नेतृत्व पाएको थियो ।

 

एमाले स्थायी कमिटिको बैठकले सुप प्रदेशमा माओवादीलाई दिएको सर्मथन फिर्ता लिने निर्णय उल्ट्याने हैसियत राखेका रावलले पहिलो पटक संसद विघटनदेखि ओली बिरुद्ध हिड्दै गएका थिए । नेपालले नयाँ दल नेकपा एकीकृत दल दर्ता गरेसंगै उनी नेपालको साथ छाडेर एमालेमा प्रवेस गरेसंगै उनलाई सुप प्रदेशबाट ठूलो झट्का लागेको छ । आइतबार मात्रै रावल निकट तीन प्रदेश सभा सदस्यले उनको साथ छाडेर नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

 

रावलका निकट विश्वासिता पात्र प्रकास रावल, तारालामा तामाङ्ग र दिर्घ सोडारीले नयाँ पार्टी रोजेका हुन । उनीहरु तिनै जनाएले एकै पटक नेकपा एकिकृत समाजवादी पार्टी रोजेर सनाखत गरेका छन । पुर्व राज्यमन्त्री समेत रहेका रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले रावल, तामाङ्ग र सोडारीले एकै दिन नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको बताए । यस अघि १० प्रदेश सभा सदस्यले समाजवादीमा सनाखत गराईरहेका थिए । रावल निकट सुदूरका स्थानीय नेता कार्यकर्ताहरुले ओलीको बिरोध गरेर अहिले एकाएक ओलीतिरै लागेर सारा नेता कार्यकर्ताको विचल्ली बनाएको भन्दै पुन नेकपातिर लाग्न सुझाव दिएका छन

ताजा समाचार